Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बिमा सुविधा बाट अघोषित रुपमा बन्चित हुदै सर्वसाधारण,यस्तो छ अबको नियम

  १ वर्ष अघि | २८ असार २०८२, शनिबार
न्युज काभ्रे

धुलिखेल/सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाबाट मात्रै प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख बढी सेवाग्राहीको उपचार प्रभावित हुने देखिएको छ ।

मध्यपहाडी जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको धुलिखेल अस्पतालमा सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २ लाख ५३ हजार ६ सय ८८ बिमितले समेत धुलिखेल अस्पताललाई प्रथम सेवाविन्दु छनोट गरेका छन् । भक्तपुरका बिमित समेत सेवाको लागि धुलिखेल नै आउने गरेका छन् । सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परीक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले अब ती सेवा लिनको लागि रिफरल (प्रेषण पत्र) लिनुपर्नेछ । प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थामा उपलव्ध नहुने विशेषज्ञ सेवा लिन मात्रै सेवाग्राहीले धुलिखेल जस्ता रेफरल अस्पताल जानुपर्ने छ । १० असारमा स्वास्थ्य बीमा बोर्डले निर्देशन जारी गरेर १ साउनदेखि प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा धुलिखेल अस्पतालजस्ता सामुदायिक अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने सम्पूर्ण विरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पुर्जी (रेफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन तथा नियमावली, २०७५ को प्रथम संशोधनले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था गरेपनि पूर्ण रूपमा लागू भएको थिएन । अस्पताल निर्देशक डा. बलराम मल्लले साउन १ गतेदेखि नयाँ व्यवस्था अनुसार सेवा लिन आउनेलाई प्रेषण पुर्जी (रेफरल पुर्जी) लिएर आउन अनुरोध गरे ।

सबै प्रकारका क्यान्सर रोगी, मृगौला प्रत्यारोपणको लागि प्रेषण भई प्रत्यारोपण गरेका बिरामीहरुको हकमा प्रत्यारोपण गरेको संस्थामा फलोअप गर्नुपरेमा वा डायलाइसिस गर्ने बिरामीको हकमा, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किन्सोनिजमका रोगी, मुटु रोगको उपचार तथा फलोअपका लागि, ७० बर्ष पुरा भएको जेष्ठ नागरिक, अति अपाङ्ग, एचआइभी, एमडिआर टिबी, जोखिमपूर्ण सुत्केरी वा शल्यक्रिया गराउनुपर्ने जटिल अवस्थामा मात्र प्रेषण भई सुत्केरी भएका महिला तथा नवजात शिशुहरुको लागि सोही अस्पतालमा २८ दिन सम्म उपचार गर्नु परेमा, कडा किसिमको मानसिक रोगीको हकमा भने एक पटक लिएको प्रेषण पुर्जी सोहि स्वास्थ्य समस्या तथा नेपाल सरकारले तोकेको कडा/दिर्घ रोगको लागि मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

बीमा सेवा शुरु गरेको ६ बर्षको अवधीमा धुलिखेल अस्पतालले १० लाख ६४ हजार ५ सय ९४ जनालाई सेवा दिइसकेको अस्पतालका निर्देशक डा. मल्लले जानकारी दिए । उनका अनुसार ९ लाख ६७ हजार ८ सय ३ जनाले बहिरंग (ओपीडि) विभाग, ४२ हजार ९ सय ३१ जनाले अन्तरंग (इनपेसेन्ट) विभाग र ५३ हजार ८ सय ६० जनाले आकस्मिक विभागबाट सेवा लिएको जानकारी दिए ।

चालू आव अर्थात् गत साउन देखि असारसम्मको मात्रै स्वास्थ्य बीमाबापत बिरामीको उपचार गरेको धुलिखेल अस्पतालको ६९ करोड भुक्तानी बाँकी रहेको धुलिखेल अस्पताल प्रा.डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

  • न्युज काभ्रे

थप