Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

"मालपोत कार्यलयको १०० बर्ष" काभ्रे मालपोतले मनायो शतबार्षिकी

  ५ वर्ष अघि | १ बैशाख २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे : मालपोत कार्यालय काभ्रेको शतवार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।मालपोत कार्यालय काभ्रेको लिखत पारितको शतवार्षिकी कार्यक्रम सम्पन्न भएको हो ।
मालपोत अधिकृत नवीन किशोर अधिकारीको सभापतित्व र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हुमकला पाण्डेले मालपोत र नापी कार्यालयका कर्मचारीलाई हेर्ने दृष्टिकोण फरक भएको कारण कार्यालयमा कर्मचारी आउन नमान्ने र आएपनी धेरै समय नबस्ने गरेको पाइएको बताइन् ।
मालपोत कार्यालय र नापी कार्यालयमा अभिलेखहरु हराउने र चोरिने कारणलेपनी सेवा प्रवाहमा ढिला सुस्ती भएको उनको भनाई थियो । जिल्लामा रहेका सम्पूर्ण सार्वजनिक सम्पतिको विवरण तयार परि अभिलेख राख्न सके जग्गा अधिकरण हुनबाट रोक्न सकिनेमा उनले जोड दिइन ।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै मालपोत अधिकृत नवीन किशोर अधिकारीले बाँसको कलमबाट सुरु भएको मालपोत कार्यालयले हाल अनलाइन प्रणाली मार्फत सेवा दिन सक्नुमा राम्रो उपलब्धि प्राप्त गरेको बताए ।
मालपोत कार्यालयले नेपालको जग्गा प्रशासनमा वि.स.१९७९ बैशाख १ गते पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई एक सय वर्षको गौरवपुर्ण इतिहास पार गर्दै एक सय वर्ष भएको अवसरमा खुशी साट्नको लागि कार्यक्रम सञ्चालन गरिएको मालपोत कार्यालय काभ्रेले जनाएको छ ।
हाल मुलुकभर १२६ कार्यालयमार्फत सूचना प्रबिधिको उच्चतम प्रयोग गर्दै विद्युतिय अभिलेख राखी अनलाइन प्रणाली मार्फत सेवा प्रबाह गर्दै आएको छ । नेपाल सरकारबाट निर्णय भएका ५ वटा मालपोत कार्यालय पनि सन्चालनमा आउने क्रममा रहेको छ ।
जग्गा प्रशासनको सन्दर्भमा बि।स। १९९० सम्मलाई प्राथमिककालको रुपमा त्यस्तै वि.स.१९१० देखि २००७ सम्मको समयावधिलाई मध्यमकालको रुपमा र २००७ साल देखि हालसम्मको समयावधिलाई आधुनिक कालखण्डको रुपमा लिने गरेको मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यालय काभ्रेपलान्चोक भने मालपोत ऐन २०३४ ले व्यवस्था गरे बमोजिम वि.स.२०३५ बैशाख १ गते अर्थ मन्त्रालयअन्तर्गत काभ्रे जिल्लाभर कार्यक्षेत्र
रहनेगरी स्थापना भएको बताइएको छ । हाल मालपोत कार्यालय काभ्रेले ४१ जना कर्मचारीको स्वीकृत दरबन्दी सहित जग्गा प्रशासनको सेवा गर्दै आएको जनाएको छ ।
मालपोत कार्यालयको २ वटा सहायक भवनहरु भुकम्पबाट क्षती ग्रस्त भएकोले पानी चुहिने अबस्थामा पनि सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति भएको हुँदा उक्त भवनहरु नयाँ बनाउनको लागी सबै स्थानीय तहहरुको सहयोग गर्नुहुन अनुरोध पनि गरेको छ । शत वार्षिकी कार्यक्रम भोलि वैशाख २ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप