Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

स्थानीय चुनाव : काभ्रेमा ३ लाख ३ हजार ५ सय ६० मतदाता, १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्र

  ५ वर्ष अघि | १४ चैत्र २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । स्थानीय तहको निर्वाचनमा काभ्रेमा ३ लाख ३ हजार ५ सय ६० जना मतदाताले १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । काभ्रेमा १ लाख ५४ हजार १ सय ८३ पुरुष, १ लाख ४९ हजार ३ सय ७५ महिला र २ जना अन्यले मतदानमा भाग लिन पाउने छन् ।

काभ्रेका पालिकाहरु मध्ये बनेपा नगरपालिकामा २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल  र १६ बटा मतदान केन्द्र तोकिएको छ । बनेपामा ३७ हजार ५ सय ८१ मतदाता छन भने महाभारतमा १२ हजार ४ सय २० मतदाता रहेका छन् ।
त्यस्तै पनौती नगरपालिकामा २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र तोकिएको छ । पनौतीमा ३८ हजार १ सय ४५ मतदाता छन् । पाँचखालमा १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ । पाँचखालमा २९ हजार ६ सय ९७ मतदाता छन् । धुलिखेल नगरपालिकामा १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ । धुलिखेल नगरपालिकामा  २५ हजार ५ सय ८ मतदाता छन् ।
नमोबुद्ध नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन् । नमोबुद्धमा २५ हजार ९ सय ५२ मतदाता छन् । मण्डनदेउपुर नगरपालिकामा १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन् । मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् ।
गाउँपालिकाहरुमा रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन् । रोशीमा २२ हजार ५ सय ४३ मतदाता रहेका छन् । खानीखोलामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् । खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । खानीखोलामा १ अन्य पनि मतदाता रहेका छन् । चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ । चौरीदेउरालीमा २० हजार १ सय ९१ मतदाता रहेका छन् । तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । तेमालमा २१ हजार १ सय ८ मतदाता रहेका छन् । बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ । बेथानचोकमा १४ हजार ५ सय ५१ मतदाता रहेका छन् । भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन् । भुम्लुमा १ अन्य सहित १७ हजार २४ मतदाता रहेका छन् ।

  • न्युज काभ्रे संवाददाता

थप