Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पर्यटनको प्रचुर सम्भावना रहेको काभ्रे भिमसेनको लागि मन्त्री हुमगाईको पहलमा १० लाख बजेट

  ५ वर्ष अघि | ३ चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे। काभ्रे भिमसेन मन्दिर को व्यवस्थापन तथा निर्माणका बागमती प्रदेश सांसद तथा कृषि तथा पशुपंछी मन्त्री  बसुन्धरा हुमगाईको पहलमा  १० लाख  बजेट विनियोजन भएको छ।


काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ।

बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो।


यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।


यस क्षेत्रको समग्र विकासका लागि मन्त्री हुमगाईले बजेट पारेर समग्र बनेपा नगरपालिकाको मुहार यस ठाउँको विकास गर्ने जरुरी रहेकाले आफुले पहल गरेको मन्त्री हुमगाईले बताउनुभयो ।

यहाँको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।

यस क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा आलु खेतिले मनग्गे आम्दानी गर्ने सकिन्छ ।

  • न्युज काभ्रे संवाददाता

थप