Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाल नगरपालिका संघको २९औं बार्षिकोत्सव सम्पन्न

  ५ वर्ष अघि | २९ फाल्गुन २०७८, आइतवार
न्युज काभ्रे संवाददाता

नेपाल नगरपालिका संघको २९औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

नेपालका २ सय ९३ वटै नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले आफ्नो २९औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्यो ।
सो कार्यक्रमको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गनुहुदै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई तह नभनेर सरकार भन्ने हो भने पनि राजनीतिक सहमतिमा सरकार शब्द राख्न सकिने बताउनुभएको थियो ।

जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले स्थानीय सरकारले जनतालाई सरल, सहज र प्रभावकारी रुपले सेवा प्रवाह गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले नाम भन्दा पनि काममा विशेष ध्यान दिन स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले संविधान बमोजिम स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउदै स्थानीय सरकारहरुले कोभिडको महामारीको समयमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको थियो ।

कार्यक्रमका नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारलाई बलियो र साधन स्रोत सम्पन्न बनाउनुपर्ने पनि बताउनुभएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारलाई बलियो र साधनस्रोत सम्पन्न बनाउनुपर्ने बताउदै जिससको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना र कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीयताको प्रभावकारी कान्र्यान्वयनका लागि संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप