Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सविधानसभा सदस्य पुर्व सांसद कम्युनिस्ट आन्दोलनका खम्बा विदुर सापकोटाको निधन

  २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार
न्युज काभ्रे

काभ्रे  – नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रज नेता, विचारक तथा कुशल संगठक तथा पूर्व सांसद विदुर सापकोटाको ६८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बिहीबार बिहान ३:५० बजे चिकित्सकहरूको टिमले उहाँलाई मृत घोषणा गरेको हो।


स्वर्गीय सापकोटाले पञ्चायती शासनविरुद्धको संघर्षदेखि भूमिगत राजनीति हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको काभ्रे जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै लामो समय पार्टीको सुदृढीकरणमा योगदान दिनुभएका उहाँ एक पटक तत्कालीन काभ्रे क्षेत्र नम्बर ४ बाट बाट २०७० मा एमाले बाट निर्वाचित सविधानसभा  सदस्य (सांसद) समेत हुनुभयो  एमाले विभाजनको बेला पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको रूपमा क्रियाशील हुनुहुन्थ्यो। संविधानसभा सदस्यको रूपमा उहाँले राष्ट्रको नीति निर्माणमा समेत महत्वपूर्ण योगदान दिनुभएको थियो।


उहाँको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनले एक प्रखर वक्ता, संगठनकर्ता र बैचारिक नेता गुमाएको छ। यो दु:खद घडीमा हामी स्वर्गीय कमरेड सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

श्रद्धाञ्जली कार्यक्रम

स्वर्गीय सापकोटाको पार्थिव शरीर बिहीबार बिहान ८:०० देखि १०:०० बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, तिनकुनेमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।


  • न्युज काभ्रे

थप