Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला ट्राफिक कार्यलय काभ्रेको पत्रकार सँग अन्तरक्रिया

  ४ वर्ष अघि | १० भदौ २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्ला ट्राफिक कार्यलयले यात्रु तथा सर्वसाधारण लाई लक्षित गर्दै नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर पत्रकार सँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक सुरक्षा कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत कार्यालयले नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना र त्यसको न्युनिकरण र ट्रफिक व्यवस्थापनका विषयमा  पत्रकारसँग छलफल र अन्तक्रिर्या  गरेको छ ।

छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले ट्राफिक व्यवस्थापनबारे पार्किङको समस्यालाई व्यवस्थापन कसरी गर्ने भन्नेबारे निरन्तर छलफल भईरहेको र पार्किङको मुख्य समस्या रहेको बताएका छन् ।

उनका अनुसार ओभरलोड लगायतको नियन्त्रणमा समस्या छ । सवारी चाप बढिरहेको छ, चुनौती बढिरहेको छ, मापसे सबैको चेक निरन्तर गर्नेको लागि आवश्यक उपकरण छैन । ट्राफिक लाइट राख्न आवश्यक प्रक्रिया सुरु हुँदै गरेको बताउदै सिलवालले दैनिक ५/७ जना मापसेमा परेको पनि जनाएका छन् ।

कार्यक्रममा जनशक्ति अभाव, अव्यवस्थित सवारी पार्किङ, बिग्रिएका सिसिटीभि मर्मत नहुनु लगायत विभिन्न कारणले  सोचे जस्तो काम गर्न नसकिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सिलवालको गुनासो छ ।

ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नुको साथै ट्राफिक प्रहरीको भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

  • न्युज काभ्रे संवाददाता

थप