Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रेको भकुण्डेबाट १० जना जुवाडे पक्राउ

  ५ वर्ष अघि | ५ बैशाख २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डे स्थित भकुण्डेबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भकुण्डे स्थित विजय खड्गीको घरमा अवैध रुपमा जुवा तास खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय मंगलटारको संयुक्त टोलीले शनिबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रेम बहादुर बि.क, धुलिखेल नगरपालिका वडा नं ६ का ४० वर्षीय विकाश खड्का, नमोबुद्ध नगरपालिका वडा नं ५ का ४० वर्षीय इन्द्र लाल श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं ७ का ४५ वर्षीय ङेमा तामाङ, नमोबुद्ध नगरपालिका वडा नं ७ का २९ वर्षीय रोहित खनाल, नमोबुद्ध नगरपालिका वडा नं ७ का २८ वर्षीय सुमन कुईकेल, नमोबुद्ध नगरपालिका वडा नं ३ का ४२ वर्षीय गणेश तिवारी, धुलिखेल नगरपालिका वडा नं ११ का ५५ वर्षीय लक्ष्मण प्रसाद थपलिया, धुलिखेल नगरपालिका वडा नं ६ का ५२ वर्षीय पशुपतिनाथ श्रेष्ठ र नमोबुद्ध नगरपालिका वडा नं ७ का ३७ वर्षीय नारायण खनाला रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले एक लाख १८ हजार रुपैँया र तास नखोलेको ३ बुक र खोलेको २० बुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार उनीहरु उपर ‘मुलुकी फौजदारी संहिता, २०७४’को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप