Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प : २५५ जनाको मृत्यु, ५०० बढी घाइते

  ४ वर्ष अघि | ८ असार २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काबुल : अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ, जसका कारण २५५ जनाको मृत्यु भएको छ। यो संख्या अझ बढी हुन सक्ने सञ्चार माध्यमहरुमा उल्लेख छ। 

भूकम्प मापन यन्त्रले ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको थियो। सो भूकम्पले धेरै नोक्सान हुने अनुमान गरिएको छ। अफगान अधिकारीहरूका अनुसार भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् र भग्नावशेषले थिचिएर कम्तीमा २५५ जनाको मृत्यु भएको छ।


हाल उद्धार कार्य सुरु गरिएको र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। गत वर्ष मात्र दुई दशक लामो युद्धबाट अफगानस्तान मुक्त भएको थियो। अधिकारीहरु यसलाई अफगानिस्तानको दोस्रो ठूलो संकट भएको बताउँछन्। 


अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरले २५५ जनाको मृत्यु भएको जनाएको छ। घटनास्थलमा हेलिकप्टर पठाइएको र उद्धार कार्य सुरु गरिएको उल्लेख गरेको छ।


समाचार एजेन्सीका निर्देशक अब्दुल वाहिद रायनले ट्वीटरमा लेखेका छन्, 'पटिकामा करिब ९० घर ध्वस्त भएको छ। यी घरको भग्नावशेषमुनि दर्जनौं मानिस फसेको आशंका गरिएको छ।ु


सामाजिक सञ्जालमा शेयर भइरहेका मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको देख्न सकिन्छ। तालिबान सरकारका उपप्रवक्ता बिलाल करीमीले भने, ' भूकम्पले पक्तिका प्रान्तका चार जिल्लालाई प्रभावित पारेको छ। यस प्रकोपमा देशका सयौं मानिसको ज्यान जाने र घाइते हुने अनुमान गरिएको छ। यस प्रकोपका कारण दर्जनौं घर ध्वस्त भएका छन्।'


उनले सबै निकायलाई विपद् प्रभावित क्षेत्रमा तुरुन्तै टोली पठाएर पीडितलाई सहयोग गर्न आग्रह गरेको बताए। भूकम्पको धक्का छिमेकी राष्ट्र पाकिस्तानको राजधानी इस्लामावादलगायत धेरै सहरमा महसुस गरिएको छ। युरोपेली एजेन्सी ईएमएससीका अनुसार यो भूकम्प ५०० किलोमिटरको दायराभित्र महसुस गरिएको थियो। यसमा भारतका केही भागहरू पनि समावेश छन्। एजेन्सी


  • न्युज काभ्रे संवाददाता

थप